नियम १६
कोषको सचिवालय
: (१) कोषको सचिवालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) कोषको प्रशासकीय प्रमुखको रूपमा काम गर्न एक मुख्य प्रशासकीय अधिकृत रहनेछ । मुख्य प्रशासकीय अधिकृतको नियुक्ति समितिले गर्नेछ । त्यसरी नियुक्ति नभएसम्मका लागि बैङ्क वा वित्तीय संस्थामा अधिकृतस्तरमा काम गरिरहेको वा काम गरिसकेको कुनै व्यक्तिलाई नेपाल सरकारले मुख्य प्रशासकीय अधिकृतको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ ।
(३) कोषको सचिवालयमा आवश्यक संख्यामा कर्मचारीहरू रहने छन् ।
(४) मुख्य प्रशासकीय अधिकृत र कर्मचारीको सेवा, शर्त र पारिश्रमिक लगायतका अन्य सुविधा समितिले तोके बमोजिम हुनेछ ।